मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश ५ को प्रदेश सभा बैठकमा बबाल : कांग्रेस सांसदले गरे कुर्सी तोडफोड



प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् भने सो क्रममा कुर्सी तोडफोड समेत हुँदा तनाव भएको छ ।

नेपाली कांग्रेसले सोमबार दोस्रो पटक बसेको बैठकमा पनि नाराबाजीसहित प्रदर्शन गरेका छन्।

सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए।

सरकारले स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो।

राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ ।

बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।

सोही क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो ।

कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो।

सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो ।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ०४ बजे