मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार १२९ सहित ३५ सय ५६ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३५ सय ५६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेसै गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १२९ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आजसम्म ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

आज १५०३ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १० : ४७ बजे