मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा १७०२ सहित ३ हजार ९३ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ हजार ९३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४३१ जना, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

उनका अनुसार देशभर संक्रिय संक्रमितको सख्या ४१ हजार ७ सय ७५ रहेको छ ।

आजसम्म ९६ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

आज २१०८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : ५० बजे