मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा २२ सय २५ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर २२ सय २५ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ७९ महिला र १४ सय ४६ पुरुष संक्रमित थपिएको

देशमा अहिलेसम्म कुल एक लाख ५५ हजार २ सय ३३ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमक्ये ८ सय ४२ जनाको मृत्यु भइसकेको छ ।

जम्मा १३ हजार ८ सय ४६ जनाले पिसिआर परीक्षण गरेका थिए । बितेको २४ घन्टाभित्र २८ सय ४६ जना कोरोना संक्रमितहरु नीको भएका छन् । देशमा हाल ४६ हजार ५७ सक्रिय कोरोना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कुल ८ सय ४२ जना को मृत्यु भएको छ । यो कुल संक्रमितको ० ।५ प्रतिशत हो ।

पछिल्लो समय देशमा कोरोना सङ्क्रमणको दर बढ्दो रफ्तारमा छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १० : ४८ बजे