मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा पाँच सय ७० जना संक्रमित थपिए



पछिल्लो २४घण्टामा देशमा पाँच सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेस्तै मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशमा हालसम्म एक लाख ६० हजार ४ सय जना संक्रमित संख्या पुगेको छ ।

कुल ८ सय ७६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

तेस्तै देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १० : ३६ बजे