मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा २३ सय ६४ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख २४ हजार ८ सय ६२ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २४ हजार ८६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ दशमलव ५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १० : ५९ बजे