पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २९ सय ३३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १ लाख ७६ हजार ५ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।
आजसम्म १ लाख ३७ हजार ९ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










