पछिल्लो २४ घण्टामा २७५३ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका आज २७ सय ५३ जना संक्रमित थपिएका छन् ।

योसंगै नेपाल कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ ।

आज २२ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  १० : ४६ बजे