पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २५ सय ७१ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
आज १७९८ जना संक्रमणमुक्त भएका छन् ।
आज १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।










