मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल संवत्‌ ११४१ लाई गरियो स्वागत



नेवार समुदायले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत्‌ ११४१ लाई स्वागत गरेका छन् ।

विशेषगरी नेवार समुदायले नेपाल संवत्‌ धुमधाम साथ मनाउने गर्छन् । विगत वर्षहरु मोटरसाइकल र्‍याली, सहर परिक्रमालगायत विभिन्‍न कार्यक्रम गरी नेपाल संवत्‌ मनाउने गरिएको भए पनि यो वर्ष कोरोना महामारीका कारण औपचारिकतामा मात्रै सीमित रह्‍यो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्‌को सुरुवात गरेको विश्वास गरिन्छ । विश्वभरी नेपाल समुदायले नेपाल संवत्‌ मनाउने गरेका छन् । नेवार समुदायका अगुवाहरुले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन् । नेपालको आफ्नो संवत्‌ हुँदाहुँदै पनि प्रचलनमा नल्याउनु दुः खद भएको नेवार समुदायका अगुवा तथा सर्वसाधारणहरुको भनाइ छ ।

नेपाल संवत्‌लाई राष्ट्रिय मान्यता दिँदै आधिकारिक रुपमा प्रचलनमा ल्याउनुपर्ने माग राख्दै २००७ सालदेखि नै अभियान चल्दै आएको छ । अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको अवस्थामा ‘कोरोनामुक्त वर्ष ११४१’ होस भन्ने कामनाका साथ शुभकामना आदान(प्रदान गरी नेपाल संवत्‌ भनाइरहेको नेपाल संवत्‌ ९न्हुँद० राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जनले बताए ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्‌समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थियो । तर आधिकारिक दस्तावेजहरुमा भने राष्ट्रिय संवत्‌ भनेर उल्लेख गरेको पाइँदैन ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : १८ बजे