मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच वर्षपछि रानीपोखरीमा भाइटीका !



०७२ बैशाक १२ गतेको भूकम्पले रानीपोखरी र बालगोपालेश्वर मन्दिर भत्काएको थियो । पुनर्निमार्णपछि यो वर्ष रानीपोखरीमा भाइटीका खुला गरिएको छ ।

वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि मात्र खुलेको हो ।

मन्दिर खुलेपछि सर्वसाधारणले आज त्यहाँ गएर भाइटीका लगाएका छन् ।

दिदीबहिनी नहुनेले यो मन्दिरमा टीका लगाउने चलन छ ।

योपटक पनि मन्दिरबाहिर बसेका दिदीबहिनीले त्यहाँ पुगेका दाजुभाइलाई टीका लगाइदिएका छन् ।

भाइटीका लगाउन जानेहरुले मास्क लगाएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ११ : ४२ बजे