नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा कार्की निर्बाचित हुने निश्चित



नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले महासंघको आसन्न निर्बाचनमा चुनाब जित्ने लगभाग निश्चितप्राय देखिएको छ ।नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका अध्यक्ष समेतरहेका कार्कीले महासंघको निर्बाचनमा चन्द्रप्रसाद ढकाल समूहबाट बस्तुगतर्फको सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन ।

महासंघको अघिल्लो निर्वाचनबाट पनि कार्यकारिणी सदस्यमा निर्वाचित भएर महासंघले दिएका जिम्मेवारी सफलतापूर्वक निर्बाह गरिसकेको र महासंघका बिभिन्न गतिबिधीहरुमा नियमित सहभागीता जनाएकाले पनि  कार्किलाई यो पटकको निर्बाचनमा बिजयि हुन सजिलो देखिएको हो ।

महासंघको कार्यकारिणी सदस्यको रुपमा रहदा कार्किले महासंघ अन्तर्गतको ब्यापार प्रबर्धन समितिको सभापती र महासंघ अन्तर्गतकै पारबहन समितिको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्बाह गरिसकेका छन । तेस्तै कार्की हाल बाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडेल यातायात बिकाश समितिको सञ्चालक समितिको सदस्य समेत रहेका छन ।

उध्योग ब्यापार क्षेत्रमा महत्वपूर्ण मानिने र आयात निर्यातसग समेत सम्बन्धित पारबहन क्षेत्रमा कार्किको लामो समयको सम्लग्नता र उध्योग ब्यापार क्षेत्रका सबैसग घुलमिल भएर काम गरेको कार्किको अनुभबले पनि उनलाई आसन्न निर्बाचनमा थप सहज बनाएको छ ।

महासंघको कार्यकारिणी सदस्यको रुपमा रहदा कार्किले पूर्वको इलाम झापा देखी मोरङ,  बारा, पर्सा, ओखलढुङ्गा, सोलुखुम्बु,मकवानपुर,बाग्लुङ लगायत पुरै देशको भ्रमण र राजधानी बाहिरका उधोगी ब्यबसायीसग  महासंघका बिभिन्न कार्यक्रमका दौरान भेटघाट गरिसकेका छन ।

आयात निर्यातको पारबहन लागत घटाउने र देशको आयात निर्यातलाई सहज बनाउन लामो समय देखी क्रीयाशिल रहेका कार्किले आयात निर्यात पारबहनलाई सहज बनाउन र बिभिन्न अन्तर्‍आष्ट्रीय पोर्टहरुको भ्रमणका क्रममा भारत् , चिन लगायत अन्य देशहरुको समेत भ्रमण गरिसकेका छन ।

समग्र उध्योग ब्यापार क्षेत्रसग जोडिएको पारबहन र फ्रेट फर्वार्डर्स क्षेत्रमा कार्किले पुर्याएको योगदान र लामो समयदेखिको क्रीयाशिलताले कार्किलाई यो पटकको निर्बाचन जित्न थप मद्दत पुर्याएको नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका कोषाध्यक्ष नरेश अग्रवाल बताउछन ।

बिभिन्न राजनितिक खिचातानि, र कोरोना सङ्कटले निम्त्याएको असहज परीस्थितिमा हुन लागेको महासंघको निर्बाचन र निर्बाचनबाट आउने आगामी नेतृत्वको काधमा मुलुकको अर्थतन्त्र र समग्र आर्थीक क्रीयाकलापलाई सामान्य र निमियत बनाउने महत्वपुर्ण जिम्मेवारी आउने उम्मेद्वार कार्कि बताउछन ।

कोरोना सङ्कटले सुस्ताएको अर्थतन्त्रलाई सामान्य बनाउदै मुलधारमा फर्काउनु आगामी नेतृत्वको प्रमुख कार्यभार भएको र त्यसका लागी सरकारसग समेत सहकार्य र सरकारलाई आवश्यक दबाब दिन निजी क्षेत्र तयार हुनुपर्ने कार्किले बताए ।

कोरोना महामारीकै बिच सरकारले ल्याएको  बजेटले पिडित वर्ग, क्षेत्र, समुदाय, उत्पादनमूखी व्यवसाय, सेवामुखी व्यवसाय, यातायात क्षेत्र, टुरिजम क्षेत्र, पर्यटन व्यवसाय, होटल तथा रेष्टुरेन्ट व्यवसाय, कार्गो व्यवसाय, बाह्य तथा आन्तरिक ट्रेकिङ्ग, साना तथा मझौला उद्योग, कल कारखाना, घरेलु उद्योगहरु, ह्याण्डीक्राफ्ट व्यवसाय, पशुपालन, कुखुरापालन, स–सानाकृषि फार्म तथा अन्य व्यवसायीहरुलाई उकास्ने खालका सहुलियत तथा सेवा सुविधा केही दिन नसकेकोले अहिलेको  सङ्कटबाट प्रभाबित साना ठुला सबै ब्यबसायलाई नियमित ब्यबसायिक गतिबिधिमा फर्काउन सरकारले गर्नुपर्ने सहयोगका लागी आफुहरुले निरन्तर पहल गरिरहने कार्किले उल्लेख गरे ।

अहिलेको प्रतिकुल अवस्थामा हुन लागेको महासंघको निर्बाचन महत्वपूर्ण रहेको र उध्योग ब्यापार क्षेत्रका सबै महत्वपुर्ण ब्यक्तित्व र प्रतिनिधीहरुको सहयोग प्राप्त हुने र निर्बाचन सजिलै जित्नेमा आफु बिश्वस्त रहेको कार्किले बताए ।

यही मङ्शिर १३ बाट काठ्माण्डौमा महासंघको आगामी नेतृत्वका लागी निर्बाचन हुँदैछ ।निर्बाचनको मिती नजिकिदा जादा सबै उम्मेद्द्वारहरुले आफु र आफ्नो प्यानलको प्रचार- प्रसारलाई तिब्र बनाएका छन ।निर्बाचनमा बरीष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र प्रसाद ढकालको प्यानल बलियो रहेको र उक्त प्यानललाइ निर्बाचन जित्न सहज रहेको ठानिएको छ ।

 

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ११ : ३७ बजे