२४ घण्टामा १९ सय ४५ जना संक्रमित थपिए, २२ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय ४५ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २२ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ ।

आज ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  १ : ५९ बजे