मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा बिभाजन : प्रदेश २ मा मण्डललाई हटाएर संसदीय दलमा महतो



नेकपाको झागडा अब प्रदेश २ मा पनि पुगेको छ ।

प्रचण्ड-नेपाल नेकपाले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेपछी बिबाद सतहमा आएको हो।

मंगलबार प्रचण्ड–नेपाल समूहको बैठकले नेता सत्यनारायण मण्डल कारबाही गरी महतोलाई चयन गरेको हो ।

नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।

बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराए।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ४६ बजे