मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाइका लागी माघ महिना कस्तो छ ? हेर्नुहोस राशिफल



२०७७ साल माघ महिनाको राशिफल

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यो महिना उत्साहवर्द्धक रहनेछ। मंगलमय कार्य सम्पादन हुनेछ। आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ। कृषिउपज र पशुधनबाट राम्रै फाइदा हुनेछ। रमाइलो भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ। व्यापार–व्यवसायमा लगानी बढाउने समय छ। नोकरीमा प्रवेश वा पदोन्नति हुने समय छ। राजनीतिमा लाग्नेहरूलाई पनि फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ। भौतिक साधनहरू जुट्नेछन् र मनग्य धनलाभ हुनेछ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो महिना केही संघर्षमय रहनेछ। स्थायी सम्पत्तिमा विवाद आउनुका साथै खर्चको मात्रा बढ्न सक्छ। बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ। आफन्तको व्यवहारले मन खिन्न हुनेछ। गुरु तथा मान्यजनबाट पनि टाढिनुपर्ने हुन सक्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सहयोगीहरूले हात झिक्न सक्छन्। एक्लोपन महसुस हुनेछ। हातमा आएका केही अवसर गुम्नेछन्। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिन सक्छ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। मिहिनेतले सामाजिक प्रभाव कायम राख्न सकिनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
यो महिनामा राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ भने व्यवसाय र नियमित काममा पनि बाधा पुग्न सक्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला। विगतका कमजोरीप्रति पछुतो लाग्नेछ। आयस्रोत सबल देखिए पनि अधिक खर्च बढ्नाले धन अभाव खट्किन सक्छ। व्यवसायमा पनि मन्दी आउने समय छ। काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। समयमा सजग नहुँदा आर्थिक नोक्सानी हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चोटपटक वा हाड–जोर्नीमा समस्या हुने देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोला। खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि फाइदा हुनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। मान–सम्मान बढ्नेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ भने अरूको भरले मात्र काम नबन्न सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। घरेलु समस्याले खर्च बढाउन सक्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। महिनाको तेस्रो साताबाट स्थितिमा सुधार आउनेछ। व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ् हुनेछन्। हिम्मतले काम लिँदा सफलता मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही विवादास्पद काममा जुट्नुपरे पनि प्रगतिको समय छ। राजनीतिक पहुँच बढ्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। परिवारजनबाट छुट्टिनुपर्ने परिस्थिति आए पनि टाढिएका साथीभाइसँग पुनर्मिलन हुनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। महिनाको तेस्रो साताबाट पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ। साझेदारीमा पनि केही असमझदारी बढ्न सक्छ, सजग रहनुहोला।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ। तर, स्वास्थ्य कमजोर हुनाले काममा बाधा पुग्न सक्छ। आफ्ना कमजोरीमाथि अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। इष्टमित्र तथा बन्धुबान्धवको सहयोगले काम सम्पादन गर्न सकिनेछ। शुभचिन्तकहरूको सुझावलाई पनि विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। जोखिमपूर्ण काममा अघि नसर्नुहोला। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नु बुद्धिमानी हुनेछ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। एकसाथ अनेक काम सुरु गरिए पनि अधुरै रहलान्। परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ हुनेछ। स्वास्थ्यमा मौसमी समस्याले सताउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। सल्लाहले काम लिँदा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्न सक्छ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने मौका छ। तर महत्त्वाकांक्षी काम थाल्दा उल्टै क्षति हुन सक्छ। घरखर्च बढ्ने र व्यापारमा मन्दी आउने देखिएकाले समयमै सन्तुलित व्यवस्थापन गर्नुहोला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतीहरूका लागि यो महिना लाभदायक रहनेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। आर्थिक समस्या पनि समाधान हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। तापनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। पतिपत्नीमा पनि केही असमझदारी बढ्ने सम्भावना देखिन्छ। तापनि समाजमा प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार आउनेछ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति सामान्य रहे पनि मिहिनेत गर्दा उपलब्धि प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा सामान्य फाइदा हुनेछ। पराक्रम बढ्नेछ भने प्रयत्न गर्दा अप्ठ्यारा काम समेत सम्पादन गर्न सकिनेछ। तर, बीचमा विवादास्पद कामले समस्या निम्त्याउनेछ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। शिर वा आँखाको समस्याले सताउन सक्छ। पहिलेका कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। नाम चलेका व्यक्तिबाट धोका पाइनेछ। कमजोर स्थितिमा सुधार ल्याउन शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्यमा समस्या देखिए पनि लगनशीलताले सफलता दिलाउनेछ। बढी खर्च लागे पनि विलासी साधन जुटाउन सकिनेछ। महत्त्वाकांक्षाले जीवनशैलीमा परिवर्तन आउनेछ। वस्त्र तथा उपहारद्वारा सम्मानित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। घर तथा भूमिबाट लाभ उठाउन सकिनेछ। तर, स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। जिम्मेवारीपूर्ण काम समयमा सम्पादन गर्न नसकिएला। हठ गर्ने बानीले परिवारजनमा असमझदारी निम्त्याउनेछ। सानो कमजोरीले साथीभाइ टाढिन सक्छन्। तापनि बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
केही अवसर आए पनि सामान्य काममै दौडधुप गर्नुपर्ला। पहिले आशा देखाउनेहरूले अन्त्यमा बोली फेर्न सक्छन्। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। जरिवानामा परिने सम्भावना छ। वादविवाद र झैझगडाबाट टाढै बस्नुहोला। यात्रामा अलि दुःख पाइनेछ। घरखर्च बढ्नाले आर्थिक अभाव अनुभूति हुन सक्छ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। समयमा विचार नपुग्नाले मित्रजनबाट फाइदा उठाउन नसकिएला। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल प्राप्त हुनेछ। समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला। यसले सामाजिक प्रतिष्ठा कमजोर बनाउन सक्छ, सचेत रहनुहोला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खुसीको समाचारले महिनाभरि उत्साह जगाउनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ भने आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन् र आम्दानी बढ्नेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्त हुनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियो सम्भावना छ। मानसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूको लगनशीलताले सफलताको उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धी स्वतः पराजित हुनेछन्। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। मित्रताको बन्धन कसिलो हुनेछ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ३ : ३६ बजे