सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नका लागि कोरोना परीक्षण अनिवार्य गरेको छ ।नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको भन्दै सरकारले यस्तो कदम चालेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रिस्तरीय बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा .जागेश्वर गौतमले काठमाडौं प्रवेश गर्ने विन्दूहरुमा एन्टीजेन परीक्षण गर्ने बताए ।
सरकारले सबै जिल्ला प्रशासनहरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।
पछिल्लो समय छिमेकी भारतमा पनि कोरोना सङ्क्रमण फेरी बढ्न थालेकोले नेपालामाअ पनि सतर्कता अपनाउन थालिएको छ ।










