गण्डकी प्रदेशका दुइ मन्त्रीले राजिनमा दिएका छन्।
आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका हुन् ।
उनिहरुले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको बताइएको छ ।
आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनिहरुलाई सरकार बाट फिर्ता हुन निर्देशन दिएको थियो ।