बिस्का जात्रा नरोक्न सर्वोच्च अदालतको आदेश



भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। उक्त निर्णयविरुद्ध अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए ।

न्यायाधीश पुरूषोत्वम भण्डारीको एकल इजलासले जात्रा नरोक्न अन्तरिम आदेश दिएको हो । चैत्र २८ गतेदेखि जात्रा सुरु हुँदैछ ।

प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार  २ : ०८ बजे