एमालेले माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । कर्णाली प्रदेशमा संसदमा फ्लोर क्रस गर्दै माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको हो ।
सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश कमिटीको आज बसेको बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णय बैठकले गरेको छ ।
कारबाहिमा पर्ने ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।










