१०९६ जना सङ्क्रमित थपिए, काठमाण्डौमा सबैभन्दा धेरै



पछिल्लो २४ घण्टामा देशमा थप १०९६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका गरी काठमाण्डौ उपत्यकामा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन ।

तेस्तै अहिले ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् । पछिल्लो २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् ।

तेसैगरी गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८३ जना पुगेको छ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  ११ : ०० बजे