त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियाविरुद्ध नेपालको शानदार जित



नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।त्रिवि क्रिकेट मैदानमा आज भएको  त्रिकोणात्मक टी–२० सिरिजमा नेपालाले मलेसियालाई हराएको हो ।

लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हरायो ।  मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले मात्र नेपालले १२ ।१ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

कुशल भुर्तेल र आशिफ शेखको शतकीय साझेदारीले नेपाल विजयी भयो । मलेसिया विरुद्ध १ सय १० रनको लक्ष्य लिएर उत्रिएको नेपाली टोलीले उक्त लक्ष्य १२ .१ ओभरमा १ विकेटको क्षतिमा पार गर्दै विजय हासिल गरेको हो।

जितसँगै नेपालले गत वर्ष थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० मा व्यहोरेको हारको बदला पनि लिएको छ ।

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ११ : ४२ बजे