कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको गैह्र्जिम्मेवार शैलोका कारण फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको बताएका छन । शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन आयोजना गरेर देउबाले यस्तो बताएका हुन ।
कोरोना सङ्क्रमण पुन्: फैलन सक्ने थाहा हुँदा हुँदै महामारी रोक्न कुनै ठोस पहल नगर्ने उल्टै अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक–भडकमा प्राधाअनमन्त्री आफै सम्लग्न भएर सङ्क्रमण फैलाउन बल पुर्याएको देउबाले आरोप लगाए ।
प्रधानमन्त्री ओलि आफै भिडभाड र तकडभड र उद्घाटनमा ब्यस्त हुँदा सङ्क्रमण फैलिन अझै बल पुगेको देउबाले दाबी गरे ।देउवाले सरकारको अकर्मण्यता र अक्षमताको कारण दोस्रो लहरको कोरोना भयावह भएको बताए ।कोरोना नियन्त्रण र सङ्क्रमितको उपचारमा सरकार असफल भएको उनले बताए ।
अन्य उपायहरुको प्रयोग गरेर सङ्क्रमण रोक्न ओलि सरकार असफल भएकै कारण फेरी लकडाउन गर्नुपर्ने अवस्था आएको देउबाले जिकिर गरे । उनले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्ने सहितका ११ बुँदे माग अघि सारेका छन ।‘अत्यावश्यक अक्सिजन भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गरियोस्, अस्पतालमा आइसियु बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस्, कनट्र्याक्ट ट्रेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकार सम्मेलनमा भने ।
देउबाले कोरोना रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरे । देउवाले तत्काल खोप आपूर्तिको व्यवस्था मिलाउन समेत्समेत सरकारलाई सुझाब दिए










