मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए पदबाट राजिनामा



लुम्बिनी सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन ।आज (आइतबार)बाट सुरू हुने लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्तर्गत आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध  अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको थियो।प्रदेश सभामा अबिश्वासको प्रस्ताब दर्ता हुनु अघाडिनै पोखरेलाले राजिनामा दिएको समाचार प्राप्त भएको छ ।मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् । अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।

पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको बताएका छन ।

प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्। जसपाका ४ सांसद पदमुक्त सदर भएमा २ सांसद मात्र बाँकी रहनेछन् ।पोखरेलविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले समिकरण बनाएको छ । उनिहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

 

 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ४ : ०२ बजे