मुख्यमन्त्री पोखरेलको नियुक्ति विवादमा, विपक्षीद्वारा बहुमतसहित शपथ राेक्न माग



आजै राजिनामा दिएर आजै फेरी मुख्यमन्त्री बनेका शंकर पोखरेलको नियुक्ति विवादमा परेको छ।

लुम्बिनी प्रदेशमा नेकपा (एमाले) का तीन जना सांसदले राजीनामा दिएपछि उनको नियुक्ती बिबादमा परेको हो ।

यसैबिच शंकर पोखरेललाई पुन: मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गैरसंवैधानिक भएको भन्दै विपक्षीहरूले हस्ताक्षर संकलन गरेरा प्रदेश प्रमुख धर्मनाथ यादवलाई हस्ताक्षर बुझाइसकेका छन ।

विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । विपक्षी दलहरुले आफुसगा ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको माग गरेकाअ छन ।

आजै  राजीनामा दिनेमा दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाही छन्। दुई जना एमालेका सांसद हुन् भने शाही हृदयेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका हुन्।

 

प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार  ११ : १४ बजे