शनिबार ८,४१८ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशमा थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

एन्टीजेन र पीसीआरबाट १८ हजार ३०४ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यससगै हालसम्म देशमा कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामै ५३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससगै हालसम्म देशमा ३६३२ जनाले ज्यान गुमाएका छन ।

तेस्तै हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ

यस्तै हाल देशभर ८३ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ११ : ४९ बजे