मेष- प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरी तथा व्यवसायमा लाग्नेहरूको प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नाले मनग्य धन संग्रह हुनेछ। मिहिनेतीहरूका लागि लक्ष्मीको कृपा प्राप्त हुनेछ। दिगो काम प्रारम्भ हुनुका साथै व्यवसायमा प्रगति हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने सञ्चित कर्मफल प्राप्त हुनेछ। बिहीवारपछि खर्चको मात्रा बढ्नेछ। कामविशेषका लागि धेरै रकम जुटाउनुपर्ने हुन सक्छ।
वृष – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। अध्ययनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ र परिश्रमअनुसार राम्रै फल पाइनेछ।
मिथुन – स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुनेछ। अनुत्पादक काममा व्यर्थैमा अलमलिनुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थिति केही असहज बन्न सक्छ। साताको उत्तरार्धमा समस्या सुल्झाउन सफल भइनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। प्रयत्न गर्दा नयाँ काम गर्ने अवसर जुट्न सक्छ। साथीभाइले पनि साथ दिनेछन्। केही उपलब्धि हातपार्न सकिनेछ।
कर्कट -प्रारम्भमा रमाइलो भेटघाट हुनेछ। महत्त्वपूर्ण काम सुरुमै गर्दा सफलता मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। मंगलवारदेखि चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्न सक्छ। भौतिक साधनको कमीले काममा बाधा पर्न सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर परिस्थिति अलि संघर्षमय नै रहनेछ। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि व्यवहारमा सजग रहनुहोला।
सिंह -विभिन्न अवसर प्राप्त हुनाले साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। सप्ताहान्तमा परिस्थिति प्रतिकूल बन्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। कमजोरी अनुभूति हुने हुँदा स्वास्थ्यमा पनि सजग रहनुहोला।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा बुद्धिले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। सप्ताहान्त रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।
तुला – प्रारम्भमा पारिवारिक मतभेदले काम रोकिन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। घरेलु काममा केही व्यवधान देखिए पनि बुद्धिले समस्या सुल्झाउन सकिनेछ। केही उल्झन र अस्वस्थताले समस्या पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। खर्च लागे पनि भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सजग रहनुहोला। सप्ताहान्तमा स्थति अनुकूल रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक-काम विशेषका लागि साताको प्रारम्भ फलदायी रहनेछ। पहिलेको उपलब्धिले थप काममा हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रारम्भमा सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। स्वास्थ्य र अर्थका हिसाबले पछिल्लो समय कमजोर रहनेछ। अप्ठ्यारा चुनौतीसँग पनि सम्झौता गर्नुपर्ला। अध्ययनमा भने केही उपलब्धि हासिल गर्न सकिनेछ।
धनु- धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। सानो विवादले पनि समस्या निम्त्याउने हुँदा अलि सावधान रहनुहोला। मंगलवारदेखि शुभचिन्तकहरूको साथ जुट्नाले फाइदा हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। नयाँ प्रक्रियाबाट काम गर्ने अवसर जुट्नेछ। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। सप्ताहान्तमा सहयोगका नाममा धोका दिनेहरू सक्रिय रहनेछन्। घरेलु समस्यामा अलि सावधान रहनुहोला। आफन्तहरूको सहयोगले केही फाइदा पनि दिलाउनेछ।
मकर -प्रारम्भमा काम बिग्रने सम्भावना देखिएकाले अलि सावधान रहनुहोला। खानपान र पहिरनको सोखले खर्च बढाउन सक्छ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ। चिताएको काम रोकिनाले आर्थिक पक्ष पनि कमजोर बन्ने समय छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनको कमीले दैनिक काममा अप्ठ्यारो पर्न सक्छ। तापनि प्रयत्न गर्दा नियमित काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्य पहिल्याउन सकिनेछ। सप्ताहान्तमा सहयोगीहरूले साथ दिनेछन् र लगनशीलताले नाम, दाम र इनाम पनि दिलाउनेछ।
कुम्भ -प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया झन्झटिलो हुनेछ। परिस्थितिले केही थकित तुल्याउन सक्छ। स्वास्थ्य कमजोर बन्ने समय रहेकाले खानपान र विश्राममा ध्यान दिनुपर्ला। सानो कमजोरीले समस्या निम्त्याउने हुँदा सावधान रहनुहोला। स्रोत–साधन जुट्नाले दिगो काम थालनी हुनेछ। बिहीवारपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूले काममा बाधा पुर्याउलान्। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्।
मीन -सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र राम्रै आम्दानी हातलागी हुनेछ। बीचमा भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किन सक्छ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि भने व्यवहारमा सजग रहनुहोला।








