मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि मतदान शुरु : कांग्रेस नेता पाण्डे जित नजिक, यस्तो छ अंकगणित



लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ । निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो । मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन्। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन ।

अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए ।

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ । प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो । निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र काँग्रेससहितको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन्। पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन ।

विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले उम्मेदवार बनाएका दीर्घनारायण पाण्डेले जित्ने लगभग पक्का रहेको बुझिएको छ ।।निर्बाचनमा एमालेको एउटा समूह बिपक्षमा लागेको र माओवादीसमेत नेपाली काँग्रेसका उम्मेदवारलाई भोट हाल्न सहमत भएकोले उनले जित्ने आकलन गरिएको छ ।

निर्बाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी कुल मतदाता ३ सय रहेका छन ।जसमध्य कांग्रेस, माओवादी, एमालेको माधब नेपाल समुह,जसपाको उपेन्द्र यादब समुह र जनमोर्चाका गरी निर्बाचनमा मत हाल्न पाउने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको बहुमत छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : २० बजे