मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीबाट राष्ट्रियसभामा कांग्रेस नेता पाण्डे निर्बाचित



लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले उम्मेदवार बनाएका दिर्घनारायण पाण्डेय विजयी भएका छन्।नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै उनि निर्बाचित भएका हुन ।

कांग्रेसका उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त थियो ।पाण्डेले चार हजार १४० मत ल्याए भनेउनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ३६१२ मत प्राप्त गरे ।

बिहान ९ बजेदेखि शुरु भएको मतदान ३ बजे सकिएपछी मतगणना थालिएको थियो ।मतदानमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुखले मतदान गरेका थिए ।प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

विजयी पाण्डेय हालै मात्र  सत्तारुढ एमालेको विवादबाट निराश भएर प्रदेश सभा सदस्यबाट राजीनामा दिदै नेपाली कांग्रेस प्रवेश गरेका थिए । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) मा तत्कालिन नेकपाबाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि राजनिती लाजमर्दो भएको प्रतिक्रीया दिदै पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर कांग्रेस प्रबेश गरेका थिए ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाका लागि मतदान शुरु : कांग्रेस नेता पाण्डे जित नजिक, यस्तो छ अंकगणित

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १० : ५१ बजे