फिफा विश्वकप छनौट खेलमा आज नेपाल र चाइनिज ताइपेई भिड्दै



सन् २०२२ फिफा विश्वकप र २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनौट खेलमा नेपालले आज चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।तटस्थ मैदानको रुपमा कुवेत सिटीमा हुने खेल नेपाली सयम अनुसार आज राति ९स्४५ बजे सुरु हुनेछ । कोरोना सङक्रमणका कारण नेपालले आफ्ना तीन खेल कुवेतमा खेल्न लागेको हो ।

खेलको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौसमका कारण खेल्न कठिन हुने बताएका छन् ।समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ । ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ । समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।

१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ । दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५(५ खेल खेल्दा समान १०(१० अंक जोडेका छन् ।नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : जेष्ठ २०, २०७८ बिहीबार  ७ : ४३ बजे