मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने



आज गण्डकी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । बैठक दिउँसो १२ बजे बस्नेनेछ । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।संविधानको धारा १६८ ९३० अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश सभा सचिवालयका अनुसार आज मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको मत विभाजनको कार्यतालिका रहेको छ ।

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्री गुरुङका लागि विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।विश्वासको मत नपाए उपधारा ५ अनुसार प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गर्नेछिन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ३ : ४३ बजे