मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वासको मत नपाएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिन असफल भएका छन्। यस सगै गुरुङ नेतृत्वको गण्डकी सरकार ढलेको छ भने गुरुङ पदमुक्त भएका हुन् ।

आजको प्रदेशसभामा प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।तेस्तै गुरुङलाई उनकै नेतृत्वको सरकारमा रहेका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले पनि मत दिएनन् । उनी आजको बैठकमा अनुपस्थित रहे ।

पृथ्वी सुब्बा गुरुङ विसं २०७४ फागुनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री निर्वाचित भएका थिए।माओवादी सरकारबाट अलग भएपछि तथा राष्ट्रिय जनमोर्चाले उनलाई दिएको समर्थन फिर्ता लिएपछि गुरुङले वैशाख अन्तिम सातामा पदबाट राजीनामा दिए लगत्तै प्रदेशसभामा भएको ठूलो दलको नेताको हैसियमा पुनः मुख्यमन्त्री नियुक्त भएका थिए।

अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  १२ : २४ बजे