मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्ण थापालाई जनमोर्चाले फेरि सांसदबाट हटायो



राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ ।

बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै थापालाई पार्टी सदस्य समेत नहरने गरी जनमोर्चाले कारबाही गरेको हो ।

थापालाई पदमुक्त गरेको सूचना प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्।

यस्तै गण्डकी प्रदेश सभा बैठक आज स्थगित भएको छ। अब जेठ ३० गते बैठक बस्नेछ।

गत जेठ २० मा पनि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर, थापाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको भन्दै अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ७ : ५१ बजे