मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दै, बहुमत हस्ताक्षरसहित दावी पेश



नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन्। कांग्रेस संसदीय दलका नेता समेत् रहेका नेपालीलाइ माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य, राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता पियारी थापा, स्वतन्त्र सांसद दीपक मनाङे र गठबन्धनका नेता कुमार खड्काले कृष्णचन्द्र नेपाली पोखरेललाइ मुख्य मन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष हस्ताक्षर बुझाएका हुन।

स्वतन्त्र संसद दीपक मनाङेले पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धनलाइ समर्थनगरेसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद गरि ३१ सांसदको समर्थन सहित कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन्।

यस अघि मुख्यमन्त्री बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।उनि पदमुक्त भएसगै प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेकि थिइन।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १२ : १२ बजे