बहुमत जुटाउन नसकेर पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङको फेरि मुख्यमन्त्रीमा दाबी



बहुमत जुटाउन नसकेर मुख्यमन्त्रीबाट पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा फेरि पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

जसपा र राजमोका संसदीय दलको नेताको हस्ताक्षरसहितको पत्र बुझाउदै उनले मुख्यमन्त्रीमा दाबि गरेका हुन।

ति पार्टीका सांसदहरु भने शुक्रबार नै कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।

राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै मुख्यमन्त्रीमा दाबि प्रस्तुत गरेको बताइएको छ।

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार  १० : २९ बजे