गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुन: मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेललाइ मुख्यमन्त्री प्रस्ताब गर्दै शुक्रबार हस्ताक्षर बुझाएका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका हुन।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकजना स्वतन्त्र सांसदले शुक्रबार दाबी पेस गरेका थिए। आफ्नो पक्षले बुझाएको हस्ताक्षरसहितको प्रमाण पुगेको दाबीसहित सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका हुन्।
यसअघि बहुमत जुटाउन नसकेर मुख्यमन्त्रीबाट पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले आजै गण्डकी प्रदेशमा फेरि पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।जसपा र राजमोका संसदीय दलको नेताको हस्ताक्षरसहितको पत्र बुझाउदै उनले मुख्यमन्त्रीमा दाबि गरेका हुन।
ति पार्टीका सांसदहरु भने शुक्रबार नै कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै मुख्यमन्त्रीमा दाबि प्रस्तुत गरेको बताइएको छ।
गण्डकि प्रदेशको पछिल्लो प रि स्थितिप्रति चिन्ता जाहेर गर्दै नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको जस्तै व्यवहार नदोर्याउन गण्डकी प्रदेशका प्रमुख सीता पौडेललाई चेतावनी दिएको छ।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।