गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ। सो आदेश सँगै थापाको पद गएको छ ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ र कुमार रेग्मीकाे इजलासले यसअघि जारी गरेकाे अन्तरिम खारेज गरेकाे हाे। ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ मा जारी भएको अन्तरिम आदेशको कार्यान्वयमा हाल आवश्यकता र उपयुक्तता रहरहेको नदेखिँदा सो मितिमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहन नगरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(७) बमोजिम खारेज गरिदिएको छ, अरु नियमानुसार गर्नु !’ आदेशमा भनिएको छ,।
जेठ २३ मा सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाले थापामाथि गरेको कारबाही थमौती गरेर ‘गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनु’ भनेर अन्तरिम आदेश दिएको थियो ।
उक्त अन्तरिम आदेशविरुद्ध जेठ २६ गतेगण्डकी प्रदेश सभाका सभामुख नेत्रप्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय र गण्डकी प्रदेश सभा सचिवालयले सर्वोच्च अदालतमा भ्याकेट दार्ता गराएका थिए। सोमबार साेही निवेदनमा सुनुववाइ गर्दै सर्वाेच्चले अन्तरिम आदेश खारेज गरेको हो।