मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाको नयाँ आक्रमक प्रजाती भेटियो



नेपालमा कोरोना भाइरसको नयाँ प्रजातिको परिवर्तित रूप फेला परेको छ ।सोमबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने भएको भन्दै थप सचेतता अपनाउन अपिल गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये परीक्षण गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी।१।६१७।२, एउटा नमूनामा अल्फा भेरियन्ट भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई। १ भनिने के१४१७एन म्युटेसन भेटिएको हो ।मन्त्रालयका अनुसार हालसम्म यो प्रजाती नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : ४१ बजे