मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘यी तीन चिज प्राप्त गर्न हदैसम्म पनि तयार हुनुपर्छ’



चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक तथा मार्क्स जस्तै दार्शनिक थिए ।

उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए ।

उनले तीन महत्त्वपूर्ण कुराहरू बताएका छन्, जुन हाम्रो जीवनमा लागू गर्न आवश्यक छ । त्यस्ता तीन चीजहरू जसलाई प्राप्त गर्न बिल्कुलै पनि समय लगाउनु हुँदैन ।

विषबाट पनि अमृत निकाल्नुपर्छ – चाणक्यका अनुसार विषबाट पनि अमृत हासिल गर्न सक्ने व्यक्ति संसारमा महान् हुन्छ । यसको अर्थ अमृत हासिल गर्नका लागि विषलाई पनि ग्रहण गर्नुपर्छ भन्ने हो । जस्तो सुकै व्यक्ति भएपनि उसको प्रतिभा सधैं सम्मानयोग्य हुन्छ ।

चाणक्यका अनुसार फोहोरबाट पनि सुन लिन सक्नुपर्छ । राम्रो वस्तु प्राप्त गर्न त्यो वस्तु भएको स्थानलाई खासै महत्त्व दिनुहुँदैन । तत्काल त्यसलाई प्राप्त गर्न सक्नुपर्छ ।

चाणक्यले सुन्दर, गुणी स्त्रीलाई पत्नी बनाउनुपर्ने बताएका छन्, चाहे गरीब नै किन नहोउन । दुश्मनको घरमा त्यस्ती स्त्री भएपनि उनलाई प्राप्त गर्न आफ्नो घमण्ड त्यागेर नाता जोड्न सक्नुपर्ने चाणक्यको कथन छ । एजेन्सी

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ४४ बजे