मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीमतीलाई ‘जलेबी’ खान नदिएपछी….



श्रीमान श्रीमतीबीच हुने वादविवाद र कुराकानीलाई अधिकांशले लुकाउने गर्छन् । झन् सरकारी पदाधिकारी र जागिरमा रहेकाहरूका घरभित्रका कुरा थाहै हुँदैनन् । तर भारतको तमिलनाडुका आईपीएस अधिकारी डा। सन्दीप मित्तलले ट्विटरमा पत्नीले ‘जलेबी’ खान नदिने गरेको गुनासो पोखे ।

उनले ट्विटरमा लेखे, ‘बच्चामै २५ पैसाको एउटा ठूलो जलेबी आउँथ्यो । सोच्थ्यौं – ठूलो भएपछि कमाउँला र दिनदिनै ३–४ जलेबी खाउँला । अब कमाउन थालें त पत्नीले जलेबी खान दिँदैनन् ।’

डा. मित्तलको ट्वीट नै कतिपयलाई रोचक लाग्यो । तर पत्नीप्रति लक्षित गुनासोमा उनकी पत्नीले दिएको जवाफ झनै रोचक छ ।

पतिको गुनासोमा पत्नी डा.रिचा मित्तलले जवाफ फर्काइन्, ‘आज तपाईं घर त आउनुस्…’ पत्नी रिचाले फर्काएको जवाफको सामाजिक सञ्जालमा अनेक अर्थ लगाइँदैछ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : ४८ बजे