मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना निको भएपनि पछि देखिन्छ यस्तो समस्या, चिकित्सक गरे खुलासा



कोरोना भाइरस संक्रमण निको भइसक्दा पनि कतिपयमा विभिन्न समस्या देखिने गरेका छन् । जसमध्ये एक हो– कपाल झर्ने समस्या ।

भारतको नयाँदिल्लीस्थित कैयौ अस्पतालमा कोरोना निको भएपछि कपाल झर्ने समस्या लिएर बिरामी आइरहेका चिकित्सकले जनाएका छन् । दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका कस्मेटिक तथा प्लास्टिक सर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शाहीन नूरेजदानले कपाल झर्ने समस्या लिएर आउने बिरामीको संख्या दोब्बर बढेको बताए । ‘यसमा पोस्ट कोभिड नै प्रमुख कारण रहेको छ । पौष्टिक आहारामा कमी, तौलमा अचानक परिवर्तन, हार्मोनमा गडबडी र भिटामिन डी र बीको कमीले कोरोना संक्रमणपछि कपाल झर्ने समस्या देखिन्छ,’ डा. शाहीन भने ।

प्लास्टिक सर्जरीका वरिष्ठ सल्लाहकार डा. कुलदीप सिंहले कोरोना संक्रमणपछि कपाल झर्नु अस्थायी भएको बताए । कोरोनाका क्रममा रुघाखोकी र अन्य लक्षणबाट पीडित भएपछि शरीरमा लागेको झड्काले कपाल झर्ने सिंहको भनाई छ ।

कोरोना निको भएको ६–८ हप्तापछि कपाल झर्ने समस्या देखिने चिकित्सकले जनाएका भारतीय सञ्चारमाध्यममा उल्लेख छ । एजेन्सी

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ५२ बजे