न्यू सञ्चारका गण्डकी प्रदेश प्रतिनिधी रेग्मी प्रदेश प्रमुखको प्रेस संयोजकमा नियुक्त



गण्डकी प्रदेशका प्रदेश प्रमुखको प्रेस संयोजकमा माधव रेग्मी नियुक्त भएका छन् ।

नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष रेग्मिलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधवार ( हिजो) प्रेस संयोजकमा नियुक्त गरेका हुन ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश सदस्य समेत रहेका रेग्मी बिगत लामो समय देखी  पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन।

दुई दशकअघिबाट पत्रकारिता थालेका रेग्मी हाल न्यू सञ्चार डटकमको गण्डकी प्रदेश प्रतिनिधी समेत हुन ।

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  १० : २१ बजे