लुम्बिनीका मुख्यमन्त्री केसीले लिए शपथ



लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले साँझ एक समारोहका बीच केसीलाई सपथग्रहण गराएका हुन् ।

माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : श्रावण २८, २०७८ बिहीबार  ६ : ५२ बजे