स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले टेकू र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छन ।राज्यमन्त्री श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेलरा स्वास्थ्य विशेषज्ञ दीपेन्द्ररमण सिंह सहितको टोलीले टेकू र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका हुन ।
राज्यमन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा जानेहरूको लागी कोभिड-१९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि म्यानपावरबाटै फारम भर्ने व्यवस्था गर्न वैदेशिक रोजगार विभागका महानिर्देशकलाई निर्देशन दिएका छन ।
त्यसैगरी उनले अहिलेसम्म ७५ लाख भन्दा धेरै जनसंख्यामा खोपको पहुँच पुगिसकेको जानकारी दिदै खोप अभियानलाई तीव्रता दिन अहोरात्र खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आपूर्ति व्यवस्थापक लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन ।










