मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरीरमा देखिएका यी लक्षण हुन् छिटो मृत्युको चेतावनी चिन्ह



शरीरमा महसुस हुने हरेक साना–ठूला परिवर्तनले मानिसको छिटो मृत्युको संकेत दिनसक्छ । डाक्टरले चेतावनी दिँदै यी संकेत हरेकले बुझ्न आवश्यक भएको बताउने गर्छन् ता कि यसलाई समयमा नियन्त्रण गर्न सकियोस् ।

एक शोधको आधारमा अनुसन्धानकर्ताले छिटो मृत्युको यो चेतावनी चिन्ह मृत्यु हुनु १० वर्ष अघि नै देखिने दाबी गरिएको छ । हिँड्डुल गर्नेदेखि लिएर शरीरका विभिन्न गतिविधिमार्फत् तपाईं यसको पहिचान गर्न सक्नुहुन्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यो शोधको आधारमा विशेषज्ञले भने, ‘६५ वर्षभन्दा बढी उमेरमा ‘फिजिकल मोटर फंक्सन’ मा गिरावट हुनु मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ ।’

विशेषज्ञका अनुसार मानिसहरु कुर्सीबाट उठ्नेदेखि हिँड्डुल गर्ने र वाकिङ स्पीड वा कमजोर ग्रिप स्ट्रेन्थ (पकड) मार्फत् यी संकेतको पहिचान गर्न सकिन्छ । सुरुवाती चरणमा यसको पहिचान गरेर तपाईं यसको रोकथाम गर्न सक्नुहुन्छ ।

विशेषज्ञको यो दाबी ३३ देखि ५५ वर्षका उमेरका ६,००० स्वयंसेवकमाथि भएको एक अनुसन्धानमा आधारित छ जुन सन् १९८५ देखि १९८८ का बीचमा आयोजना गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१६ बीच यी सहभागीको तीन भिन्न भिन्न समयमा शारीरिक मूल्यांकन पनि गरिएको थियो ।

यसमा हिँडाईको गती, कुर्सीबाट उठ्न लाग्ने समय, केही कुरा समात्ने शक्ति, शौचालयको प्रयोग, पकाउने र सरसामान किनमेलजस्तो केही सहज काम अह्राइएको थियो । यसमा सन् २०१९ सम्म कुनै पनि कारणले भएको मृत्यु पनि दर्ता गरिएको थियो ।

शोधमा पाइए अनुसार फिजिकल मोटर फंक्सनको लेभलमा कमी हुँदा मानिसको छिट्टै मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ । रिपोर्टका अनुसार सन् २०१९ सम्म जुन स्वयंसेवीको मृत्यु भयो, उनीहरुको मृत्युभन्दा १० वर्ष अघिसम्म कुर्सीबाट उठ्ने गती बाँचिरहेका बिरामीको भन्दा कम थियो ।

यति मात्रै होइन, मृत्यु भएका स्वयंसेवकले मृत्युभन्दा चार वर्ष अघिसम्म आफ्नो दैनिक क्रियाकलापमा बाँचिरहेका मानिसहरुभन्दा बढी कठिनाई महसुस गरे । यो अवधिमा मृत्यु हुने स्वयंसेवीहरुको समस्या लगातार बढिरह्यो ।

शोधकर्ताले छिटो मृत्यु भएका २२ स्वयंसेवीमा ‘स्लो वाकिङ स्पीड’ को समस्या भेटे । १५ प्रतिशतमा कमजोर ग्रिप स्ट्रेन्थ र १४ प्रतिशत मामिलामा कुर्सीबाट उठ्दा समय लाग्नेजस्ता समस्या सम्बन्धित थिए ।

यस्तै, दैनिक क्रियाकलापमा कठिनाई मृत्युको ३० प्रतिशत मामिलासँग सम्बन्धित थियो । विशेषज्ञका यो चेतावनीयुक्त चिन्ह समयसँगै बढी गम्भीर हुँदै गयो ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  २ : ०७ बजे