मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन गण्डकी प्रदेश प्रमुख गुरुङ्ग ?



कास्की जिल्ला घलेल गा.वि.स. वडा नं. ५ मा वि.स. २००६ सालमा आमा पद्म कुमारी गुरुङ्ग , बुबा जगत प्रसाद गुरुङ्गको कोखबाट जन्मिएका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गको शैक्षीक , समाजिक र राजनितीक यात्रा भने चितवनबाट सुरु भएको हो । प्रारम्भीक शिक्षाका केही बर्ष कास्कीमा विताए पनि उनी चितवनलाइ नै कर्म थलो बनाएर अघि बढेका हुन । अध्यनमा अतिनै रुची राख्ने प्रदेश प्रमुख गुरुङ्गले त्रि वि किर्तिपुर बाट एम एस्सी सम्मको अध्ययन गरेका छन । भरतपुर महानगरपालिका –२६, दिव्यनगर, चितवनमा स्थाइ बसोबास गर्दै आएका उनका एक धर्म पत्नी एक छोरा बुहारी, एक नातिनी रहेका छन । उनीहरु हाल क्यानडा बस्दै आएका छन

राजनितीक यात्राका धेरै उतार चडाव पार गरेका प्रदेश प्रमुख गुरुङ्गले २०२५ साल देखी राजनितीक यात्रा सुरु गरेका हुन । वि सं २०२५ सालमा गण्डकी छात्र संघ काठमाण्डौमा सदस्यता प्राप्त गरे संगै उनको राजनैतिक यात्रा सुरु भएको हो । उनी २०२७ सालमा ने.वी संघको केन्द्रिय संस्थापक सदस्य, २०३१÷३२ सालको त्रि.बि, किर्तिपुरको छात्र आन्दोलनको संयोजक हुँदै ९ महिना सुरक्षा कानुन अन्र्तगत हिरासतमा रहेका थिए । स्नातकोत्तर पछि पि.एन. क्याम्पस पोखरामा प्रध्यापक गरेका उनी सकृय राजनितिमा लागेको अभियोगमा प्राध्यापनबाट २०३५ फाल्गुणमा बरखास्त समेत भएका थिए ।

वि सं २०३६ को जनमत संग्रहमा कास्कीमा सकृय रहेका प्रदेश प्रमुख गुरुङ्ग उनी २०४२ साल देखी चितवन कांग्रेसमा (सचिव) सकृय भै २०४६ को पन्चायत विरुद्धको जनआन्दोलनमा कांग्रेस ५ सदस्ययी संघर्ष समितिको सदस्य समेत भएका थिए । तत्कालीन शासकबाट राज्य विध्वंसको अभियोगमा आजिवन कारावासका साथै सर्बस्वहरणको मुद्धा फैसला आदि २०४६ को प्रजातन्त्र पुन स्थापना पछि २०४८ को आम निर्वाचनमा प्रतिनिधि सभाको उमेद्वार हुन सफल भए पनि झिनो मतले पराजीत भएका थिए ।

नेपाली काँग्रेसका नेता गिरीजा प्रसाद कोइरालाको सरकारद्धारा गठित सुकुम्वासि समस्या समाधान आयोगको केन्द्रिय सदस्य समेत रहेका उनी २०७४ को निर्वाचनमा समानुपातिकको उमेद्वार भएका थिए । पटक पटक पार्टिको महाधिवेसनमा महासमिति, महाधिवेसन सदस्य ,पार्टिको जिल्ला सभापति, केन्द्रिय संगठन विभागको उप प्रमुख हुदै निरन्तर राजनितिमा सक्रिय रहेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको साउन १२ गतेको मन्त्रि परिषदको निर्णय अनुसार उनी गण्डकी प्रदेश प्रमुखमा शिफारीस भए संगै साउन १३ देखी उनी गण्डकी प्रदेश प्रमुखको भुमिकामा रहेका छन ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ३ : २४ बजे