काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २२ सय ७४ संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या २३ रहेको छ ।