आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खुल्ने भएका छन्। सोमबार बसेको प्रमुख जिल्ला अधिकारीको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो।
काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न् पाउने भएक छन् ।
विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएकोरनभएको भनेर नियमित नियमन गर्नुपर्ने पराजुलीले बताए ।
केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालेको भन्दै अधिकारी पराजुलीले अब भने सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको जनाए।
जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्। तर विद्यालय सञ्चालन गर्दा स्थानीय तहहरूले जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँग समन्वय गर्नुपर्ने भनिएपछि सोबारे अन्तिम टुंगो गर्न आज बैठक बसेको हो।
यद्यपि स्थानीय तहहरूले एकल निर्णयबाट मात्रै विद्यालय खोल्न नपाउने भनिएको छ। सिडिओ पराजुलीका अनुसार विद्यालय खोल्नुपूर्व स्थानीय तहहरूले त्यहाँका अभिभावकहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ।
सिडिओ पराजुलीले उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्न सकिने भए पनि पूर्णरूपमा विद्यालय सञ्चालनमा आउन तिहारसम्म लाग्ने बताए।
पराजुलीले अहिले धेरै विद्यार्थीहरू अनलाइन कक्षा लिनुबाट बञ्चित भएको भन्दै भौतिक रूपमै कक्षा सञ्चालन गर्नुपर्ने स्थिति रहेको जनाए।
आजको बसेको बैठकमा विद्यालयहरूले ४० प्रतिशत विद्यार्थीहरू मात्र अनलाइन कक्षा लिइरहेको भन्दै बाँकी विद्यार्थीहरू सम्पर्कमा नआएको उनले बताए।
यो समस्या विशेष गरी विकट गाउँ रहेका स्थानीय तहहरूमा रहेको पराजुली बताउँछन्।