मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ खर्ब ४७ अर्बको संशोधित बजेट संसदमा पेश



सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ बराबरको संशोधन बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिस्थापन विधेयक मार्फत संशोधित बजेट पेश गरेका हुन् ।

पूर्ववर्ती सरकारले जेठ १५ गते ल्याएको बजेटमा १५ अर्ब रूपैयाँ घटाएर सरकारले संशोधित बजेट ल्याएको हो । यसअघि अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका थिए ।

नेकपा एमाले सांसदको नाराबाजीका बीच अर्थमन्त्री शर्माले संसदमा बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले पुरक बजेटको कार्यान्वयनबाट ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरे ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३० बजे