मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिश मिडिया नेटवर्कले ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय सिडब्लुसी लिगको प्रत्यक्ष प्रशारण गर्ने



डिश मिडिया नेटवर्क लिमिटेड र नेपाल क्रिकेट संघ (क्यान)विच ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय सिडब्लुसी लिग 2, त्रिकोणात्मक नेसन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले हस्ताक्षर गरेका छन ।सम्झौताअनुसार भाद्र २८ गते देखि असोज ४ गते सम्म ओमानमा हुने खेलहरु डिशहोमले एक्सन स्पोर्ट्स एचडी1 र डिशहोम go ott app मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

सिरिज अन्तर्गत हुने खेलहरु

नेपाल र अमेरिका विच भाद्र २८ गते, ओमान र नेपाल विच भाद्र २९ गते, ओमान र अमेरिका विच भाद्र ३१ गते, नेपाल र अमेरिका विच असोज १ गते, ओमान र नेपाल विच असोज ३ गते र ओमान र अमेरिका विच असोज ४ गते खेल हुने छ । सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४ :१५ बजे ओमानको अल अमिरत क्रीकेट रंगशालाबाट प्रत्यक्ष प्रशारण हुने डिश मिडिया नेटवर्कले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : ५८ बजे