मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रजात्राको लिङ्गोे नगर प्रवेश गराइयो



नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको छ ।समितिले दिएको साइत अनुसार आज बिहान १० ः ३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ । यही भदौ २३ गते बुधबार बिहान १० ः ५२ मा वनयात्रा गरी बेलुकी ७ ः २७ मा लिङ्गोका लागि रुख काटिएको थियो । लिङ्गोलाई असोज २ गते बिहान ६ ः ५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत दिइएको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

इन्द्रध्वजोत्थान गरेपछि असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १० ः ३६ बजे इन्द्रध्वज पातन अर्थात् लिङ्गो ढालिने छ । करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिने छ ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम् उपस्थिति गराएर जात्रा गर्न लागिएको संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत शुरु गरिएको छ । तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउनुहुने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ५२ बजे